टिकापुरमा लोकतान्त्रिक फोरमको झण्डै दोब्बर मतको अग्रता

टिकापुरमा लोकतान्त्रिक फोरमको झण्डै दोब्बर मतको अग्रता


कैलालीको टिकापुर नगरपालिकामा विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले झण्डै दोब्बर मतले अग्रता लिएको छ।

पछिल्लो सार्वजनिक मत परिणाम अनुसार लोकतान्त्रिक फोरमका उम्मेदवार लौटन चौधरी १ हजार ३० मत ल्याएका छन् भने उनलाई पच्छाइरहेका एमाले उम्मेदवार तपेन्द्र रावलले ५ सय २४ मत ल्याएका छन्। कांग्रेस उम्मेदवार जंगबकहादुर साउदले ५ सय २२ मत ल्याएर एमाले उम्मेद्वारलाई टक्कर दिइरहेका छन।

उपमेयरमा पनि लोकतान्त्रिक फोरमकै अग्रता रहेको छ। लोकतान्त्रिक फोरमकी उपमेयर उम्मेदवार शुदेसनी चौधरीले ९ सय ८० मत ल्याउँदा एमाले उम्मेदवार नेपाली कांग्रेसकी केशरी बिष्ट रावल ५७५ मतसहित पछ्याइरहेकी छन्। यस्तै माओवादी केन्द्रकट्ठ आशाकुमार चौधरी ५२३ मत सहित आगाडि आउँदै छन् भने एमाले उम्मेदवार कमला केसीले ४ सय ८२ मत ल्याएका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.