संखुवासभाको ५ मध्ये ३ नगरपालिकामा एमाले र २ मा कांग्रेस अगाडि

संखुवासभाको ५ मध्ये ३ नगरपालिकामा एमाले र २ मा कांग्रेस अगाडि


संखुवासभाको ५ वटा नगरपालिकाको मेयरका लागि भएको भिडन्तमा ३ स्थानमा नेकपा एमाले र २ स्थानमा नेपाली कांग्रेस अगाडि देखिएको छ।

जिल्लाको खाँदबारी नगरपालिका, धर्मादेवी नगरपालिका र मादी नगरपालिकामा एमाले अगाडि देखिएको छ भने चैनपुर र पाँचखपन नगरपालिकामा कांग्रेस अगाडि देखिन्छ।

खाँदबारीमा नेकपा एमालेका मुरारीप्रसाद खतिवडा १ हजार ५ सय ६८ मतका साथ अग्रस्थानमा छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका महेश थपलियाले १ हजार ४ सय ६८ मत पाएका छन्।

धर्मादेवी नगरपालिकामा एमालेका भीम लिंखा १ हजार ५ सय ९८ मतका साथ शीर्षस्थानमा छन्। कांग्रेसका रमेश जिमीले १ हजार ४ सय ६९ मत ल्याएर लिंखालाई पछ्याइरहेका छन्।

मादी नगरपालिकामा एमालेका विदुर लिंथेपले ७ सय ४६ मत प्राप्त गरेका छन्। कांग्रेसका रामकुमार जिमीले ६ सय ६० मत ल्याएर पछ्यइरहेका छन्।

कांग्रेसले अग्रता बनाएको चैनपुर नगरपालिकामा शंकरमान कँडेलले ६ सय ५६ मत प्राप्त गरेका छन्। एमालेका भरत खत्री ६ सय ३१ मत ल्याएर उनलाई पछ्याइरहेका छन्।

यस्तै, पाँचखपन नगरपालिकामा कांग्रेसका विपिन राईले ९ सय १५ मत प्राप्त गरेका छन्। उनको प्रतिस्पर्धी एमालेका मानसिङ पोखरेलले ७ सय १९ मत ल्याएका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.