राति साढे २ बजे अपडेटः कुन् पार्टीको कति अग्रता?

राति साढे २ बजे अपडेटः कुन् पार्टीको कति अग्रता?


बिहीबार बिहान साढे २ बजेसम्म तीन वटा गाउँपालिकाको अन्तिम परिणाम आएको छ।

एमाले, कांग्रेस र माओवादीले एक एक गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेका छन्।

झाङको काडा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र धामीले ३ सय ९४ र उपाध्यक्षमा कांग्रेसकै कल्पना बोहरा ३ सय ९४ मतसहित विजयी भएका छन्।

यसैगरी बझाङकै मस्टा गाउँपालिकाको अध्यक्षमा एमालेका कर्णबहादुर कडायत २ हजार १ सय ४२ र उपाध्यक्षमा भगवती कुमारी बोहराले २ हजार १ सय ८० मत ल्याई विजयी भएका छन्।

यस्तै सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार डम्बर बहादुर बस्नेत अध्यक्षमा विजयी भएका हुन्। यस्तै उपाध्यक्षमा माओवादीकै प्रमिला बस्नेत विजयी भएकी छिन्। गाउँपालिकामा विजय हाँसिल गर्ने बाहेक अन्यत्रको नतिजा आएको छै । यद्यपि प्रारम्भिक नतिजाहरुमा कसको कहाँ अग्रता रहेको छ भन्ने विषय भने चलिरहेको छ। सेतोपाटीलाई राति साढे २ बजेसम्म प्राप्त विवरण अनुसार अहिलेसम्म कूल २५० वटा स्थानीय तहको प्रारम्भिक मतपरिणाम आएको छ।

अहिलेसम्म हामीलाई पाप्त मत गणना भएका २५० स्थानीय तहमध्ये नेकपा एमालेले १०१ स्थानमा अग्रता लिएको छ। यस्तै ९८ स्थानमा अग्रतासहित नेपाली कांग्रेसले पछ्याइरहेको छ। माओवादी केन्द्रले ३७ स्थानको अग्रतासहित तेस्रो स्थानमा छ।

बाँकी १५ स्थानमा फोरम लोकतान्त्रिक, संघीय समाजवादी र राप्रपा तथा राजमोका उम्मेद्वारले अग्रता लिएका छन्।

बुधबार प्रदेश नम्बर १,५ र ७ का ३ सय ३४ स्थानीय तहमा निर्वाचन सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.