स्वर्गद्वारी नगरपालिकामा राष्ट्रिय जनमोर्चा अगाडि

स्वर्गद्वारी नगरपालिकामा राष्ट्रिय जनमोर्चा अगाडि


प्यूठानको स्वर्गद्वारी नगरपालिकामा राष्ट्रिय जनमोर्चाका उम्मेदवारले अग्रता फराकिलो बनाएका छन्। बुधबार सम्पन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार बीरबहादुर पुनले ५ सय ५९ मतका साथ अग्रता हाँसिल गरेका हुन्।

१ नं वडाको मत गनिसक्दा उनको निकटतम प्रतिस्पर्धी एमालेका नेत्रबहादुर रोकायाले उम्मेदवारले ४ सय २६ मत ल्याएका छन्। नेपाली काँग्रेसका टेकबहादुर भण्डारीले १ सय ९१ मत ल्याएका छन्।

त्यस्तै, उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जनक पुन अगाडि आएका छन् । पुनले ६ सय २७ मत आएको छ भने एमालेकी गोमा रेग्मीले ४ सय २९ मत ल्याएकी छन्। काँग्रेसकी बाली खड्काले १ सय ९२ मत ल्याएकी छन्।

त्यस्तै, नगरपालिकाको वडा नं १ मा नेकपा माओवादी केन्द्रका मेघराज घर्ती क्षेत्री ६ सय २६ मतका साथ विजयी भएका छन्। सो वडामा सबै पद माओवादी केन्द्रले जितेको छ।

यो नगरपालिकामा माओवादी केन्द्र र जनमोर्चाबीच गठबन्धन जोडिएको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.