मेची नगरपालिकाको मेयर पदको होड रोचकमोडतर्फ, ९ मतले फेरि कांग्रेस अगाडि

मेची नगरपालिकाको मेयर पदको होड रोचकमोडतर्फ, ९ मतले फेरि कांग्रेस अगाडि


झापाको मेची नगरपालिकाको मेयर पदको लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच रोचक प्रतिस्पर्धा सुरु भएको छ। पछिल्लो मतगणनामा २ मतले अगाडि रहेको एमाले फेरि ९ मतले पछाडि पर्न पुगेको छ।

वडा नम्बर १ र १५ को सात सय मत गणना हुँदा नेपाली कांग्रेसका विमल आचार्यले २ सय ६६ मत प्राप्त गरेका छन्। उनी आफ्नो प्रतिद्वन्दी एमालेका विष्णु प्रसाईभन्दा ९ मतले अगाडि छन्। प्रसाईले २ सय ५७ मत प्राप्त गरेका छन्। उपमेयरमा कांग्रेसकी दुर्गा भूर्तेल खतिवडा २ सय ६१ मत ल्याएर अग्रस्थानमा छिन्। यस्तै, एमालेकी मीना पोखरेल उप्रेती २ मत कम २ सय ५९ ल्याएर कांग्रेसी प्रतिद्वन्दीलाई पछ्याइरहेकी छिन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.