पूर्व प्रम थापाको गढमा राप्रपा तेस्रो, एमालेलाई अग्रता

पूर्व प्रम थापाको गढमा राप्रपा तेस्रो, एमालेलाई अग्रता


पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको गढ मानिएको धनकुटाको पाख्रिबासमा राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो स्थानमा प्रतिस्पर्धा गर्न बाध्य भएको छ।

पाख्रिबास नगरपालिकाका लागि भइरहेको मतगणनामा राप्रपाका मेयर पदका उम्मेदवार श्याम गुरूङले ६३ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्दी नेकपा एमालेका विर्षबहादुर राईले २ सय ७४ मत प्राप्त गरेका छन्। उनी हाल शीर्षस्थानमा छन्।

एक नम्बर वडाको मतगणना पुरा  हुँदा नेपाली कांग्रेसका इन्दिरा थापाले २ सय १३ मत प्राप्त गरेका छन्। नेकपा माओवादी केन्द्रका कृष्ण कटुवालले ४६ मत प्राप्त गरेका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.