राति साढे १२ बजेको अपडेटः ३ स्थानीय तहको नतिजा आयो, एमाले अग्रस्थानमा, कांग्रेस पछ्याउँदै

राति साढे १२ बजेको अपडेटः ३ स्थानीय तहको नतिजा आयो, एमाले अग्रस्थानमा, कांग्रेस पछ्याउँदै


दोस्रो चरणको स्थानीय तह निर्वाचनको बिहिबारदेखि सुरू भएको मतगणना जारी छ। राति साढे १२ बजेसम्म तीन स्थानीय तहको नतिजा आइसकेको छ। जसमा प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले समान १-१ स्थानमा जीत हात पारेका छन्।

बझाङको काडा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र धामीले ३ सय ९४ र उपाध्यक्षमा कांग्रेसकै कल्पना बोहरा ३ सय ९४ मतसहित विजयी भएका छन्।

यसैगरी बझाङकै मस्टा गाउँपालिकाको अध्यक्षमा एमालेका कर्णबहादुर कडायत २ हजार १ सय ४२ र उपाध्यक्षमा भगवती कुमारी बोहराले २ हजार १ सय ८० मत ल्याई विजयी भएका छन्।

यस्तै सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार डम्बर बहादुर बस्नेत अध्यक्षमा विजयी भएका हुन्। यस्तै उपाध्यक्षमा माओवादीकै प्रमिला बस्नेत विजयी भएकी छिन्।

अहिलेसम्म हामीलाई पाप्त मत गणना भएका २४१ स्थानीय तहमध्ये नेकपा एमालेले १०० स्थानमा अग्रता लिएको छ। यस्तै ९१ स्थानमा अग्रतासहित नेपाली कांग्रेसले पछ्याइरहेको छ। माओवादी केन्द्रले २८ स्थानको अग्रतासहित तेस्रो स्थानमा छ। बाँकी १२ स्थानमा फोरम लोकतान्त्रिक, संघीय समाजवादी र राप्रपा तथा राजमोका उम्मेद्वारले अग्रता लिएका छन्।

बुधबार प्रदेश नम्बर १,५ र ७ का ३ सय ३४ स्थानीय तहमा निर्वाचन सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.