कैलालीमा चार पार्टीबीच टक्कर, कांग्रेस अगाडि

कैलालीमा चार पार्टीबीच टक्कर, कांग्रेस अगाडि


कैलालीका १३ वटा स्थानीय तहमा चार पार्टी मुख्य प्रतिस्पर्धामा देखिएका छन्। कांग्रेसले सबैभन्दा बढी चार वटा तहमा अग्रता लिएको छ। कांग्रेसले धनगढी उपमहानगरपालिकासहित लम्कीचुहा नगरपालिका,जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकामा अग्रता लिएको हो।

एमाले र माओवादी केन्द्रले तीन–तीन ठाउँमा अग्रता लिएका छन्। एमालेले गौरीगंगा नगरपालिका, बर्दगोरिया गाउँपालिका र चुरे गाउँपालिकामा एमालेको अग्रता रहेको छ।

नेकपा माओवादी केन्द्रले गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिका र कैलारी गाउँपालिकामा अग्रता लिएको छ।

नेपाल लोकतान्त्रिक फोरमले टिकापुर र भजनी नगरपालिकामा अग्रता लिएको छ। मोहन्याल गाउपालिकामा भने मतगणना सुरू भएको छैन।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.