झापाका सबै नगरपालिकामा एमाले अग्रता

झापाका सबै नगरपालिकामा एमाले अग्रता


मतगणनाको प्रारम्भीक मतगणना अनुसार झापाका सबै नगरपालिकामा एमालेले अग्रता लिएको छ।

बिहीबार बिहानैदेखि शुरु भएको मतगणना ज्यादै सुस्त छ। राति १२ बजेसम्मको नतिजा अनुसार जिल्लाका आठ वटा नगरमध्ये सबै नगरपालिकामा एमालेको अग्रता कायमै छ। भद्रपुर, दमक, गौरादह, अर्जुनधारा, बिर्तामोड, शिवसत्ताक्षी, मेचीनगर र कनकाई नगरपालिकामा एमालेका उम्मेद्वारले अग्रता लिएका हुन्।

झापाका सात गाउँपालिकामध्ये बुद्धशान्ति, बाह्रदशी र कमल गाउँपालिकामा पनि एमालेको शुरूवाती अग्रता छ । झापा गाउँपालिका र कचनकवल गाउँपालिकामा काँग्रेसको अग्रता छ भने हल्दिबारीमा राप्रपा र गौरीगञ्ज गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएका छन्।

झापामा ८ नगर र ७ गाउँपालिका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.