बाजुराका ९ मध्ये ४ मा कांग्रेसको अग्रता, ३ मा एमाले

बाजुराका ९ मध्ये ४ मा कांग्रेसको अग्रता, ३ मा एमाले


बाजुराका नौ वटा स्थानीय तहमध्ये चार वटा स्थानीय तहमा कांग्रेसले अग्रता लिएको छ। एमालेले तीन वटा स्थानीय तहमा अग्रता लिएको छ भने दुई वटा स्थानीय तहमा अझै मतगणनाको नतिजा आएको छैन।

बढिमालिका, त्रिवेणी र बुढीनन्दा नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । स्वामीकार्तिक गाउपालिकामा पनि कांग्रेस अग्र स्थानमा छ। गौमुल, छेडदह र पाण्डबगुफा गाउँपालिकामा एमालेले अग्रता लिएको छ।

बुढीगंगा नगरपालिका र हिमाली गाउपालिकाको भने मतगणनाको नतिजा आएको छैन।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.