तिलोत्तमा नगरपालिकामा एमाले अगाडि

तिलोत्तमा नगरपालिकामा एमाले अगाडि


रूपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमालेका वासुदेव घिमिरेले अग्रता लिएका छन्। वडा नं १ र वडा नं १७ को मतगणना भइरहँदा घिमिरेले ६७६ मत प्राप्त गरेका छन्।

उनलाई नेपाली कांग्रेस र जनुमुक्ती पार्टीको गठबन्धनका उम्मेद्वार रामकृष्ण खाँडले पछ्याइरहेका छन्। कांग्रेसका खाँडले ६६९ मत प्राप्त गरेका छन्।

उपमेयरमा पनि एमालेकै जागेश्वरी चौधरीले अग्रता लिएकी छिन्। उनले ७०९ मत प्राप्त गरेकी छिन्। गठबन्धनकी उपमेयर उम्मेद्वार गीता सारुले  ६ सय ५१ मत ल्याएर पछ्याइरहेकी छिन्।

मतगणना जारी छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.