अपडेटः एक नम्बर प्रदेशमा एमालेको अग्रता, कांग्रेस पछ्याउँदै

अपडेटः एक नम्बर प्रदेशमा एमालेको अग्रता, कांग्रेस पछ्याउँदै


दोस्रो चरणमा भएको तीन प्रदेश मध्ये एक नम्बर प्रदेशमा नेकपा एमालेले अग्रता लिएको छ। यो समाचार तयार पार्दासम्म (राति ११ बजे) एक महानगरसहित २ उपमहानगर र ४५ नगरपालिका रहेको १ नम्बर प्रदेशमा नेकपा एमालेले अग्रता लिएको छ।

सार्वजनिक भएको पछिल्लो मत परिणाम १०४ स्थानीय तहमध्ये नेकपा एमालेले ४८ स्थानमा अग्रता लिएको छ। यस्तै ४३ स्थानमा अग्रता लिएको नेपाली कांग्रेसले एमालेलाई पछ्याइरहेको छ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले पूर्वबाटै खाता खोलेको छ। उसले सोलुखुम्बुको लिखुपिके गाउँपालिको अध्यक्ष जितेको छ। बाँकी ९ स्थानमा अझै अग्रता लिँएको छ।  बाँकी पार्टीले तीन स्थानमा अग्रता लिएका छन्।

 

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.