मेचीमा कांग्रेस र एमालेको कडा प्रतिस्पर्धा, २ मतले एमाले अगाडि

मेचीमा कांग्रेस र एमालेको कडा प्रतिस्पर्धा, २ मतले एमाले अगाडि


मेची नगरपालिकामा मेयर पदका दुई प्रत्यासी नेपाली कांग्रेसका विमल आचार्य र नेकपा एमालेका विष्णु प्रसाईबीच कडा प्रतिस्पर्धा हुने प्रारम्भिक मतगणनाले देखाएको छ। एमाले बाहुल्य मानिएको वडा १ को मतगणना भइरहँदा नेपाली कांग्रेसले राम्रो टक्कर दिन सफल भएको छ।

हाल २ सय ५० मतको गणना हुँदा एमालेका प्रसाई २ मतले मात्र अगाडि छन्। उनले १ सय २२ मत प्राप्त गरेका छन्। कांग्रेसका आचार्यले १ सय २० मत प्राप्त गरेका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.