ताप्लेजुङको याङ्माबाट २ दिनदेखि मतपेटिका ल्याउन असफल, सेनाको हेलिकोप्टर आज पनि फर्कियो

ताप्लेजुङको याङ्माबाट २ दिनदेखि मतपेटिका ल्याउन असफल, सेनाको हेलिकोप्टर आज पनि फर्कियो


पूर्वमा चीनको नाका रहेको ताप्लेजुङको ओलाङचुगोलास्थित याङ्मा गाविसबाट दुई दिनदेखि मत पेटिका ल्याउन नसकिएको प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काले सेतोपाटीलाई जानकारी दिएका छन्।

याङ्माको मौसम खराब भएपछि बुधबार र विहिबार मतपेटिका ल्याउन स्थानीय प्रशासन असफल भएको हो। विहिबार ताप्लेजुङबाट उडेको सेनाको हेलिकोप्टर खराब मौसमका कारण याङ्माभन्दा १० किलोमिटर अगाडि बाटै फर्किएको थियो।

‘भोलि बिहान हामी एक पल्ट प्रयास गर्नेछौं। हेलिकोप्टरबाट सफल नभएको खण्डमा हिडाएर ल्याउने छौं,’ खड्काले भने। बुधबार पनि सेनाको हेलिकोप्टरबाट मतपेटिका ल्याउने प्रयास गरिएको थियो। तर, खराब मौसमका कारण सफल हुन सकेको थिएन। याङ्माबाट फक्ताङलुङ गाउँपालिकाको सदरमुकामसम्म मतपेटिका ल्याउन दुई दिन लाग्ने बताइएको छ। याङ्मामा ५५ मतदातामध्ये ३९ मत खसेको थियो।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.