अपडेटः १ र ५ नम्बर प्रदेशमा एमाले अगाडि, सातमा कांग्रेस

अपडेटः १ र ५ नम्बर प्रदेशमा एमाले अगाडि, सातमा कांग्रेस


दोस्रो चरणमा भएको तीन प्रदेशका स्थानीय तहहरूको निर्वाचनमा अहिलेसम्म नेकपा एमालेले १ र ५ नम्बर प्रदेशमा अग्रता लिएको छ। सात नम्बर प्रदेशमा नेपाली कांग्रेसले अग्रता लिएको छ।

साढे १० बजेसम्मको मतगणनाअनुसार एक नम्बर प्रदेशमा नेकपा एमालेले ४९ स्थानमा अग्रता लिएको छ। कांग्रेसले ४३ स्थानमा अग्रता लिँदै उसलाई पछ्याइरहेको छ। यहाँ माओवादी केन्द्र ९ स्थानमा अगाडि छ।

सात नम्बर प्रदेशमा भने कांग्रेस २४ स्थानका अग्रपंक्तिमा छ भने एमाले १८ स्थान, माओवादी केन्द्र १० स्थानमा र लोकतान्त्रिक फोरम ३ स्थानमा अगाडि छ।

केहीबेर अघिसम्म कांग्रेससँग बराबर अग्रता लिएको एमालेले यो समाचार तयार पार्दासम्म कांग्रेसलाई धेरै पछाडि छोडेको छ।

पाँच नम्बर प्रदेशमा एमालेले ३० र कांग्रेसले २३ स्थानमा अग्रता लिएका छ। यहाँ माओवादी केन्द्र १० स्थानमा अगाडि छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.