विराटनगरमा ६ मतले काँग्रेसका भीम पराजुली अगाडि

विराटनगरमा ६ मतले काँग्रेसका भीम पराजुली अगाडि


स्थानीय तह दोस्रो चरणको निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिकामा ६ मतले नेपाली काग्रेसका भीम पराजुली अगाडि देखिएका छन्।

मुचुल्का विवादका कारण ढिलो गरि सुरु भएको मतगणनामा भीमले ६४ मध्ये २४ मत प्राप्त गरेका छन्। यस्तै, नेकपा एमालेका विनोद ढकालले १८ मत प्राप्त गरेका छन्।

आदर्श स्कुलको भवनमा सुरु भएको मतगणनाअन्तर्गत वडा नम्बर एकको दुई वटा बुथको कूल १ हजार २४ मतको मतगणना भइरहेको छ। विहान वडा नम्बर १ अन्तर्गत पूर्वाञ्चल विश्वविद्यालयमा रहेको क र ग नम्बरको बक्सामा सिल गरेको नम्बर र मुचुल्कालाई दुरुस्त पारेर मात्र मतदान गर्नु पर्ने माग संघीय समाजवादी फोरमका नेताहरुले राखेपछि विहानदेखि सुरु गर्ने भनिएको मतगणना साँझ ५ बजेबाट सुरु भएको थियो।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.