एमाले कांग्रेससँगको अग्रता बढाउँदै

एमाले कांग्रेससँगको अग्रता बढाउँदै


दोस्रो चरणको स्थानीय निकायको चुनावमा नेपाली कांग्रेसले सुरूआती अग्रता लिएको भए पनि एमालेले कांग्रेससँगको अन्तर बढाउँदै लागेको छ।

साँझ सात बजेको पछिल्लो मतगणना अनुसार एमालेले ८३ नगर तथा गाँउपालिकामा अग्रता लिएको छ भने कांग्रेस बिस्तारै पछि पर्दै गएको छ। कांग्रेसले ७२ स्थानमा अग्रता लिएको छ भने १ स्थानमा जित हाँसिल गरेको छ।

त्यस्तै माओवादी केन्द्र २५ स्थानमा सहित तेस्रो स्थानमा छ।

अन्य पार्टीले यी तीन पार्टीको तुलनामा फाटफुट स्थानमा मात्र अग्रता लिएका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.