२५ स्थानीय तहको गणना अझै सुरू भएन

२५ स्थानीय तहको गणना अझै सुरू भएन


निर्वाचन आयोगले २५ स्थानीय तहको मतगणना बाँकी रहेको जनाएको छ। ३३४ स्थानीय तहमा बुधबार मतदान भएको थियो। जसमध्ये २७ स्थानीय तह बाहेकका ३०७ तहमा भने गणना सुरु भएको जनाएको छ।

आयोगले जारी गरेको विज्ञप्तिमा रूपन्देहीको कोटीमाही गाँउपालिका, बझाङको जयपृथ्वी नगरपालिकामा मतगणना सुरू नभएको जनाइएको छ। ती स्थानमा मतदान स्थगित भएको थियो। दुवै स्थानमा शुक्रबार मतदान हुँदैछन्।

त्यस्तै उच्च पहाडी जिल्लाहरुमा मतपेटीका संकलन कार्य जारी रहेको आयोगले जनाएको छ।

ताप्लेजुङको एउटा मतदान स्थलको मतपेटिका अझै जम्मा हुन बाँकी रहेको समेत आयोगले जनाएको छ।

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.