नौ घण्टामा ६ सय मात्रै मतगणना

नौ घण्टामा ६ सय मात्रै मतगणना


कैलालीको धनगढी उपमहानगरपालिकामा ९ घण्टामा ६ सय मात्रै मतगणना भएको छ । बिहान साढे ९ बजेबाट सुरू भएको मतगणना अहिलेसम्म वाड नम्बर १ को ६ सय मात्र गणना भएको निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए।

वाड नम्बर १ मा ३ हजार ६ सय २७ मत खसेको थियो। अहिलेसम्मको नतिजा अनुसार कांग्रेसले अग्रता लिएको छ। कांग्रेसका मेयर उमेदवार नृप बडुले २ सय २० मत पाएका छन्। उनलाई पच्छाइरहेका स्वतन्त्र उमेदवार गोपाल हमालले १ सय ८४ मत ल्याएका छन्।

एमाले र माओवादी उमेदवारले ४६/४६ मत पाएका छन्। उपमेयरमा पनि कांग्रेसकै अग्रता रहेको छ । कांग्रेसका उपमेयर उम्मेदवारले २ सय २४ मत पाएका छन्। एमाले उमेदवारले ८७ मत र माओवादी केन्द्रका उमेद्वारले ८७ मत ल्याएका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.