नेपालगन्जमा एमालेले लियो सुरुआती अग्रता

नेपालगन्जमा एमालेले लियो सुरुआती अग्रता


बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा नेकपा एमालेले सुरुआती अग्रता लिएको छ।

नेपालगन्जमा एमालेका शम्सुद्धिन सिद्दीकीले अग्रता लिएका हुन्। उनले १ सय ३७ मत प्राप्त गरेका छन्। उपमेयरमा पनि एमालेले अग्रता लिएको छ। एमालेकी शान्तिदेवी ढकालले १ सय ३८ मत पाएकी छन्।

एमालेलाई कांग्रेसले पछ्याइरहेको छ। कांग्रेसका डा. सुरेशकुमार कनौडियाले १ सय २२ मत पाएका छन्। उपमेयर उम्मेद्वार उमा थापामागरले १ सय २१ मत ल्याएकी छन्।

माओवादी केन्द्रका मेयर उम्मेद्वार दामोदर आचार्यले ५७ मत ल्याएका छन् भने उपमेयर उम्मेद्वार कलामुन अन्सारीले पनि ५७ मत नै ल्याएकी छन्।

राप्रपाका मेयर उम्मेद्वार र उपमेयर उम्मेद्वारले पनि ८७/८७ मत ल्याएका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.