दाङका दुवै उपमहानगरमा एमाले अगाडि, लमहीमा कांग्रेसको अग्रता

दाङका दुवै उपमहानगरमा एमाले अगाडि, लमहीमा कांग्रेसको अग्रता


दाङका दुवै उपममहानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ। तुलसीपुरमा एमालेका मेयर उम्मेदवार घनश्याम पाण्डे र घोराहीमा नरुलाला चौधरीले अग्रता लिएका हुन्। लमही नगरपालिकामा भने कांग्रेस अगाडि छ।

तुलसीपुरमा १ हजार ५ सय २७ मत गणना हुँदा एमालेका पाण्डेले ७ सय ९२ मत पाएका छन्। उनका निकट प्रतिस्पर्धी कांग्रेसका गेहेन्द्र गिरीले ५ सय ५५ मत प्राप्त गरेका छन्। उपमेयरमा पनि एमालेकी माया आचार्य अगाडि छिन्। उनले ७ सय ६९ मत पाएर अग्रता लिइरहेकी छन्। कांग्रेसकी देविका नेपालीले ५ सय ८२ मत पाएकी छन्।

घोराही उपमहानगरपालिकामा एमालेका चौधीरीले ६ सय ९२ मत पाएका छन्। कांग्रेसका भूपबहादुर डाँगीले उनलाई पछ्याइरहेका छन्। डाँगीले ४ सय १ मत पाएका छन्।

त्यस्तै, लमहीमा कांग्रेसका जोगराज चौधरीले ८४ मत पाएर अग्रता लिइरहेका छन्। उनका निकट प्रतिस्पर्धी एमालेका कुलबहादुर केसीले ४४ मत पाएका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.