१४ सय मतगणनामा बुटवलमा कांग्रेसको अग्रता

१४ सय मतगणनामा बुटवलमा कांग्रेसको अग्रता


बुटवल उपनगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। उपनगरपालिकामा मतगणना सुरू भएदेखि नै कांग्रेसले अग्रता लिइराखेको छ। १४ सय मत गणना गर्दा कांग्रेसका मेयर उम्मेद्वार खेलराज पाण्डेले अग्रता कायमै राखेका हुन्। उनले ७११ मत प्राप्त गरेका छन्। एमाले उम्मेद्वार शिवप्रसाद सुवेदीले ४६४ मत प्राप्त गरेका छन्।

उपमेयरम भने एमाले उम्मेद्वार अगाडी छिन्। एमालेकी गोमा आचार्यले ५२८ मत प्राप्त गरेकी छिन्। उनलाई माओवादी केन्द्रकी उम्मेद्वार जगतबहादुर पोखरेलले पछ्याइरहेका छन्। उनले ४९५ मत पाएका छन्।

बुटवलमा कांग्रेस र माओवादीले चुनावी तालमेल गरेका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.