अमरगढी नगरपालिका प्रमुखमा काँग्रेसको अग्रता

अमरगढी नगरपालिका प्रमुखमा काँग्रेसको अग्रता


डडेलधुराको अमरगढी नगरपालिकामा २ वटा वडाको मतगणना हुँदा नेपाली काँग्रेसले अग्रता लिएको छ। नगरप्रमुख पदमा नेपाली काँग्रेसले ७१७ मत ल्याउँदै अग्र स्थानमा छ भने नेकपा एमालेले ६२१ मत प्राप्त गरेको छ।
यसैगरि उपप्रखुम पदमा नेपाली काँग्रेसले ६९० मत प्राप्त गरेको छ भने एमालेले ५९९ मत प्राप्त गरेको छ।
अहिले वडा नं १ र ११ को मतगणना सकिएको र वडा नं २ र १० को मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत देव कुमार गिरीले जनाएका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.