एक नम्बर प्रदेशमा एमाले अगाडि, सातमा कांग्रेस, पाँचमा बराबर

एक नम्बर प्रदेशमा एमाले अगाडि, सातमा कांग्रेस, पाँचमा बराबर


 
दोस्रो चरणमा भएको तीन प्रदेशका स्थानीय तहहरूको निर्वाचनमा अहिलेसम्म नेपाली कांग्रेस र एमालेले क्रमशः सात र एक नम्बर प्रदेशमा अग्रता लिएका छन् भने पाँच नम्बर प्रदेशमा दुवैको अग्रता बराबर छ।
 
साढे पाँच बजेसम्मको मतगणनाअनुसार एक नम्बर प्रदेशमा एमाले ३२ स्थानमा अगाडि छ। कांग्रेसले २१ स्थानमा अग्रता लिँदै उसलाई पछ्याइरहेको छ। यहाँ माओवादी केन्द्र ५ स्थानमा अगाडि छ।
 
सात नम्बर प्रदेशमा भने कांग्रेस २० स्थानका स्थान अग्रपंक्तिमा छ भने एमाले १६ स्थान, माओवादी केन्द्र ८ स्थानमा र लोकतान्त्रिक फोरम ३ स्थानमा अगाडि छ।
 
पाँच नम्बर प्रदेशमा कांग्रेस र एमाले दुवैले २०-२० स्थानमा अग्रता लिएका छन्। यहाँ माओवादी केन्द्र १२ स्थानमा अगाडि छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.