साढे ४ बजेसम्म कुन प्रदेशमा को अगाडि?

साढे ४ बजेसम्म कुन प्रदेशमा को अगाडि?


स्थानीय तह दोस्रो चरणको प्रारम्भिक मत परिणामअनुसार नेकपा एमालेले अग्रता लिएको छ। बुधबार सम्पन्न निर्वाचनको प्रारम्भीक मत परिणाम अनुसार नेकपा एमालेले तीनै प्रदेशमा गणना भएको मत परिणाम अनुसार आफूलाई अगाडि ल्याएको हो। यसैगरी नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छन्।

निर्वाचन आयोगका अनुसार, विभिन्न जिल्लामा जारी मतगणनाको परिणाम धमाधम आइरहेको छ। बुधबार प्रदेश नम्बर १, ५ र ७ को निर्वाचन भएको थियो । अहिले १५६ स्थानीय तहको मतगणना भइरहेको छ।

अहिलेसम्म गणना भएको १५६ स्थानीय तहमध्ये नेकपा एमालेले ६२ स्थानमा अग्रता लिएको छ। यस्तै नेपाली कांग्रेसले ५७ स्थानमा अग्रता लिएको छ भने माओवादी केन्द्रले २३ स्थानमा अग्रता लिएको छ।

फोरम लोकतान्त्रिकले ८ स्थानमा अग्रता बनाउँदा संघीय समाजवादी फोरमले ३ र राप्रपाले १ स्थानमा अग्रता लिएको छ।

दिउँसो साढे ४ बजेसम्मको मत परिणामअनुसार प्रदेश अनुसार हेर्ने हो भने, १ नम्बर प्रदेशमा एमाले २७, प्रदेश नम्बर ५ मा १९ र प्रदेश नम्बर ७ मा १६ स्थानीय तहमा अगाडि छ। यसैगरी, नेपाली कांग्रेसले प्रदेश नम्बर १ मा २०, प्रदेश नम्बर ५ मा १९ र प्रदेश नम्बर ७ मा १८ स्थानमा अगाडि छ ।

माओवादी केन्द्र प्रदेश नम्बर १ मा ४, प्रदेश नम्बर ५ मा ९ र प्रदेश नम्बर ७ मा ९ स्थानीय तहमा अगाडि छ।

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.