बाजुराको बढिमालिकामा नगरपालिकामा प्रमुखमा नेपाली काँग्रेसको अग्रता, उपप्रमुखमा एमाले अगाडि

बाजुराको बढिमालिकामा नगरपालिकामा प्रमुखमा नेपाली काँग्रेसको अग्रता, उपप्रमुखमा एमाले अगाडि


बाजुराको बढिमालिका नगरपालिकामा ४ वटा वडामा गणना भएको ताजा मतपरिणाम अनुसार प्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवार पदम बडुवालले १०३२ मत प्राप्त गरेका छन् । यसैगरि नेकपा एमालेका गगन बहादुर रावलले १०३० मत पाएका छन् ।

नेकपा माओवादी केन्द्रबाट उम्मेदवार मान बहादुर विश्वकर्माले ४८ मत प्राप्त गरेका छन्। यसैगरि राप्रपाका उम्मेदवारले १ र नयाँ शक्क्ति नेपालका उम्मेदवारले ८ मत प्राप्त गरेका छन्।

उपप्रमुख पदमा नेकपा एमालेकी उम्मेदवार गीता कुमारी रावलले १०४८ मत प्राप्त गरेकीा छन् भने नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेकी कविता कुमारी बुढा विष्टले १०१९ मत प्राप्त गरेकी छन्।

माओवादी केन्द्रबाट दर्पना थापाले ४५ र राप्रपाबाट ईश्वरी नेपालीले २ मत प्राप्त गरेकी छन्। नयाँ शक्त्ति नेपालकी किडी खड्काले अहिलेसम्म ५ मत प्राप्त गरेकी छन्।

बढिमालिका नगरपालिकामा ९ वटा वडामा १२ वटा केन्द्रबाट मतदान भएको थियो।

अन्य वडाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत हेम बहादुर बस्नेतले जानकारी दिए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.