टीकापुरमा लोकतान्त्रिक फोरमको अग्रता कायमै, कांग्रेस तेस्रोमा

टीकापुरमा लोकतान्त्रिक फोरमको अग्रता कायमै, कांग्रेस तेस्रोमा


कैलालीको टीकापुर नगरपालिकामा नेपाल लोकतान्त्रिक फोरमले आफ्नो अग्रता कायमै राखेको छ।

१६०० मतगणनामा मेयर र उपमेयर दुवैमा लोकतान्त्रिक फोरमले अग्रता लिएको निर्वाचन अधिकृत मनप्रसाद रेग्मीले सेतोपाटीलाई जानकारी दिए।

फोरमका मेयर उम्मेदवार लौटन चौधरीले ५९८ मत ल्याएका छन् भने उपमेयरका उम्मेदवार शुदेशनी चौधरीले ५८१ मत पाएकी छन्।

दोस्रो स्थानमा एमालेका तपेन्द्र रावलले ३२२ मत पाएका छन् भने उपमेयरमा कमला केसीले २८८ मत पाएकी छन्।

त्यस्तै नेपाली कांग्रेस तेस्रो स्थानमा छ। कांग्रेसका मेयर उम्मेदवार जंगबहादुर साउदले ३०८ मत ल्याएका छन् भने उपमेयर केशरी विष्ट रावलले ३६१ मत ल्याएकी छन्।

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.