एक उपमहानगरसहित १७ नगरपालिकामा कांग्रेसको अग्रता, एमाले ८ मा अगाडि

एक उपमहानगरसहित १७ नगरपालिकामा कांग्रेसको अग्रता, एमाले ८ मा अगाडि


मतगणना जारी रहेका तीन प्रदेशका १७ नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ।

कांग्रेसका उम्मेदवार प्रदेश नम्बर १ का ४ नगरपालिका, पाँचनम्बर प्रदेशका ६ नगरपालिका र प्रदेश नम्बर ७ मा सात नगरपालिकामा अगाडि छन्। बुटवल उपमहानगरपालिकामा पनि कांग्रेसका मेयर उम्मेदवारको सुरुवाती अग्रता छ।

त्यस्तै नेकपा एमाले तीन वटा प्रदेशमा ८ नगरपालिकामा अगाडि छ। प्रदेश नम्बरमा एमाले ६ वटा नगरमा अगाडि भने प्रदेश नम्बर पाँचका २ नगरपालिकामा एमाले अगाडि छ।

प्रदेश नम्बर सातमा मतगणना जारी रहेका नगरमा एमालेले अग्रता लिन सकेको छैन।

तीन वटै प्रदेशमा माअोवादी केन्द्रले २ नगरपालिकामा अग्रता लिएको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.