सोलुखुम्बुको लिखु पिकेमा माओवादी केन्द्रको अग्रता

सोलुखुम्बुको लिखु पिकेमा माओवादी केन्द्रको अग्रता


सोलुखुम्बुको लिखु पिके गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ।

हालसम्म १२३६ मत गणना हुँदा अध्यक्ष पदमा माओवादी केन्द्रले ४२३ मत पाएको छ भने कांग्रेसले ४१५ मत पाएको छ। त्यस्तै एमालेले २२० मत पाएको लिखु पिकेका निर्वाचन अधिकृत रामप्रसाद वाग्लेले सेतोपाटीलाई जानकारी दिए।

उपाध्यक्ष पदमा पनि माओवादीकै अग्रता छ। माओवादीले ४३० मत पाउँदा कांग्रेसले ३६७ र एमालेले २७८ मत पाएको वाग्लेले जानकारी दिए।

लिखु पिकेमा कूल २८५७ मत खसेको थियो। वडा नम्बर १ र ५ को गणना सकिनुका साथै २ र ४ को जारी रहेको वाग्लेले जानकारी दिए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.