बैतडीको पुर्चौडी नगरपालिकामा कांग्रेसको अग्रता कायमै

बैतडीको पुर्चौडी नगरपालिकामा कांग्रेसको अग्रता कायमै


बैतडीको पुर्चौडी नगरपालिकाको वडा नम्बर १ मा कांग्रेसको प्यानल बिजयी भएको छ।

नगर प्रमुखमा पनि कांग्रेसले अग्रत कायम राखेको छ। प्राप्त पछिल्लो मत परिणाम अनुसार १ नम्बर वडाको मतगणना सकिँदा मेयरमा कांग्रेस उम्मेदवारले ४५९ मत पाएका छन् भने उपमेयर उम्मेदवारले ३८१ मत ल्याएका छन्।

दोस्रो स्थानमा रहेको माओवादी केन्द्रले मेयरमा २८३ मत ल्याएको छ भने उपमेयरमा ३६४ मत ल्याएको छ। तेस्रो स्थानमा रहेको एमालेले मेयरमा १०९ र उपमेयरमा ६८ मत पाएको छ। मतगणना जारी छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.