खाँदबारी नगरपालिका १० को अध्यक्षमा कांग्रेस विजयी

खाँदबारी नगरपालिका १० को अध्यक्षमा कांग्रेस विजयी


सेतोपाटी संवाददाता

संखुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका वडा नं. १० मा नेपाली कांग्रेसका उमेरदवार केशवजङ थापा विजयी भएका छन् ।

थापाले ५७५ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उमेरदवार वेदबहादुर चौहानले ५२५ मतल्याएका थिए ।

त्यसैगरी माओवादी केन्द्रका वडाध्यक्ष उम्मदेवारले ४३ मत पाएका थिए ।

वडाध्यक्ष बाहेक महिला सदस्य, दलित सदस्य र खुल्ला दुई सदस्यमा भने एमालेका उम्मेदवार विजयी भएका छन्। महिला सदस्यमा चन्द्रकला तामाङ ५७३, दलित महिला सदस्य सीता विश्वकर्मा ५७३ खुल्ला सदस्य बलराम राई ५६६ र लीलाबहादुर गुरुङ ५५२ मत ल्याएर विजयी भएका छन् ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.