भद्रपुरमा एमाले अगाडि

भद्रपुरमा एमाले अगाडि


झापा भद्रपुर नगरपालिकामा एमालेले सुरुवाती अग्रता लिएको छ। पाँच सय मत गन्दा एमालेले मेयरमा १६६ मत पाएको भने माओवादी केन्द्रले ११८ ल्याएको छ। तेस्रो स्थानमा रहेका कांग्रेस ९२ मत पाएको छ।
मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेका अनुसार उपमेयरमा पनि एमाले नै अगाडि छ। उपमेयरमा एमालेले १८६ मत ल्याएको छ भने माओवादी केन्द्र १०२ मत पाएको छ। कांग्रेस उम्मेदवार ७५ मत पाएका छन्। मतगणना जारी छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.