टीकापुरमा लोकतान्त्रिक फोरम कांग्रेसभन्दा झण्डै दोब्बर मतले अगाडि

टीकापुरमा लोकतान्त्रिक फोरम कांग्रेसभन्दा झण्डै दोब्बर मतले अगाडि


कैलालीको टीकापुर नगरपालिकामा १००० मत गणना हुँदा नेपाल लोकतान्त्रिक फोरम झण्डै दोब्बर मतले अगाडि रहेको छ। प्राप्त पछिल्लो मत परिणाम अनुसार फोरमका मेयर उम्मेदवार ३७८ मत पाएका छन् भने उपमेयरले ३६६ मत पाएका छन्। दोस्रो स्थानमा रहेको कांग्रेसले मेयरमा २०० र उपमेयर २०३ मत पाएको छ।

तेस्रो स्थानमा रहेको एमालेले मेयरमा १९६ र उपमेयर १८७ मत पाएको छ। माओवादी केन्द्रका उम्मेदवारले क्रमशः १२५ र १३३ मत पाएका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.