मतगणना भइरहेका ४७ स्थानीय तहमध्ये १८ मा कांग्रेस अगाडि, पछ्याउँदै एमाले 

मतगणना भइरहेका ४७ स्थानीय तहमध्ये १८ मा कांग्रेस अगाडि, पछ्याउँदै एमाले 

माओवादीको ९ र लोकतान्त्रिक फोरमको ३ ठाउँमा अग्रता


दोस्रो चरणमा निर्वाचन भएका स्थानीय तहको मतगणना अहिले जारी छ। बुधबार चुनाव भएका प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहमध्ये अहिले ४७ को मतगणना भइरहेको छ।

प्रारम्भिक परिणाम नेपाली कांग्रेस ले १८ स्थानमा अग्रता लिएको छ।  पहिलो चरण सबैभन्दा धेरै स्थानीय तह जितेको नेकपा एमालेले कांग्रेसलाई पछ्याइरहेको छ। १७ स्थानीय तहमा एमाले उम्मेदवारले अग्रता लिएका छन्।

पहिलो चरणको चुनावमा तेस्रो पार्टी बनेको माओवादी केन्द्रले यसपालि पनि तेस्रो शक्ति बन्ने संकेत दिएको छ। माओवादी केन्द्रका उम्मेदवारले ९ स्थानीय तहमा अग्रता लिइरहेका छन्।

त्यस्तै नेपाल लोकतान्त्रिक फोरमले पनि तीन स्थानमा आफ्नो अग्रता काम राखेको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.