भजनी नगरपालिकामा लोकतान्त्रिक फोरमको अग्रता कायमै

भजनी नगरपालिकामा लोकतान्त्रिक फोरमको अग्रता कायमै


कैलालीको भजनी नगरपालिकामा नेपाल लोकतान्त्रिक फोरमले सुरुवाती अग्रता कायमै राखेको छ। वडा नम्बर १, २ र ३ को ७२४ मत गणना हुँदा फोरमले मेयरमा २३९ र उपमेयरमा २३२ मत पाएको छ।

निर्वाचन अधिकृत पुरुषोत्तम शर्माका अनुसार माओवादी केन्द्रले फोरमलाई पछ्याइरहेको छ। माओवादी केन्द्रले  मेयर र उपमेयरमा समान १६१ मत ल्याएको छ। कांग्रेस भने माओवादीभन्दा सय मतले पछाडि छ।

 कांग्रेसले मेयरमा ६४ मत ल्याएको छ उपमेयरमा  ६५ मत पाएको छ। मतगणना जारी छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.