बुटवल उपमहानगरपालिकाको मतगणना सुरू

बुटवल उपमहानगरपालिकाको मतगणना सुरू


बुटवल उपमहानगरपालिकाको मतगणना सुरु भएको छ। निर्वाचन अधिकृत भरतमणि पाण्डेका अनुसार उपमहानगरपालिकाको कार्यालय दुई स्थानमा मतगणना जारी छ। ‘बिहान चार बजेबाटै मतगणना सुरु गरिएपनि मिलाउँदा मिलाउँदै धेरै समय गयो’, पाण्डेले भने, ‘अब केहीबेरमै प्रारम्भिक मतपरिणाम सार्वजनिक गर्छौं।’

बुटवलमा नेपाली कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन् भने नेकपा एमाले एक्लै मैदानमा ओर्लिएको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.