३०० मत गन्दा दीपायलमा एमालेभन्दा कांग्रेस तेब्बर बढी मतले अगाडि

३०० मत गन्दा दीपायलमा एमालेभन्दा कांग्रेस तेब्बर बढी मतले अगाडि

शिखर नगरपालिकामा पनि अग्रता कायमै


डोटीको दीपायल सिलगढी नगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार तेब्बर बढी मतले अगाडि छन्।

नगरपालिकाको ३ सय मतगणनाको परिणाम आउँदा कांग्रेसका मेयर उम्मेदवारले १८२ मत पाएका छन् भने एमालेका मेयर उम्मेदवार ४९ मत पाएका छन्। तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले २५ मत ल्याएको छ। उपमेयरमा पनि कांग्रेसले झिनो मतले अग्रता लिएको छ। निर्वाचन कार्यालयका अनुसार उपमेयरमा कांग्रेसले १२२ मत ल्याउँदा एमालेले ११३ ल्याएको छ भने माओवादी केन्द्रले ११ मत पाएको छ।

डोटीकै शिखर नगरपालिकामा पनि कांग्रेस उम्मेदवारले अग्रता कायम राखेका छन्। पछिल्लो मत परिणाम अनुसार मेयरमा कांग्रेसले ११० मत पाएको छ भने एमालेले ७२ मत ल्याएको छ। माओवादीले ९ मत पाएको छ। उपमेयरमा कांग्रेस उम्मेदवारले १०७ मत पाएका छन् भने एमाले उम्मेदवारको ७१ मत ल्याएका छन्। माओवादीले उपमेयरमा ८ मत ल्याएको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.