राप्ती गाउँपालिकामा माओवादी केन्द्रको अग्रता

राप्ती गाउँपालिकामा माओवादी केन्द्रको अग्रता


स्थानीय तह निर्वाचन अन्तर्गत दाङको राप्ती गाउँपालिकामा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ । हालसम्म २२५ मतगणता सकिँदा वडा अध्यक्ष पदमा माओवादी केन्द्रले ८९ मत पाएको छ । कांग्रेसको ७५ र एमालेको २६ मत छ । राप्रपाका उम्मेदवारले २ मत पाएका छन् ।

यसैगरी उपाध्यक्ष पदमा माओवादी केन्द्रको ९०, कांग्रेसको ७३, एमालेको २७ र राप्रपाको २ मत परेको मुख्य निर्वाचन अधिकृत लालमणि ओझाले जानकारी दिए ।

दाङकै राप्ती, राजपुर, बबई र दंगीशरण गाउँपालिका मतगणना भइरहेको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.