टीकापुरमा लोकतान्त्रिक फोरम अगाडि

टीकापुरमा लोकतान्त्रिक फोरम अगाडि


कैलालीको टीकापुर नगरपालिकामा २०० मत गन्दा नेपाल लोकतान्त्रिक फोरमले सुरुवाती अग्रता लिएको छ। मुख्य निर्वाचन अधिकृत मनप्रसाद रेग्मीका अनुसार टीकापुरका ५ र ६ वडाको मतगणना भइरहँदा फोरमका मेयर  र  उपमेयर उम्मेदवारले समान ५६ मत पाएका छन्।

दोस्रो स्थानमा एमाले कांग्रेस रहेका छन्। दुबै पार्टीका मेयर उम्मेदवारले ५२ मत पाएका छन्। तेस्रो स्थानमा रहेको माअोवादीले मेयरमा २१ मत पाएको छ।

वडाध्यक्षमा पनि फोरमकै उम्मेदवार अगाडि छन्। मतगणना जारी छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.