सोलखुम्बुको सोताङमा एमालेभन्दा कांग्रेस झण्डै दोब्बरले अगाडि

सोलखुम्बुको सोताङमा एमालेभन्दा कांग्रेस झण्डै दोब्बरले अगाडि


सोलखुम्बुको सोताङ गाउँपालिकामा ३०० मतगणना भइसकेको छ।

वडा नम्बर १ बाट मतगणना सुरू गरिएको र प्रारम्भिक गणनाअनुसार अध्यक्ष पदमा नेपाली कांग्रेसको अग्रता कायमै रहेको सोताङका निर्वाचन अधिकृत हिमलाल भण्डारीले सेतोपाटीलाई जानकारी दिए।

गणना भएका ३०० मतमा अध्यक्ष पदका लागि नेपाली कांग्रेसले १५७, एमालेले ८१, माओवादी केन्द्रले ९ र स्वतन्त्रले २३ मत पाएका छन्।

त्यस्तै उपाध्यक्ष पदमा पनि अहिले कांग्रेसकै अग्रता रहेको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए। नेपाली कांग्रेसले १४८, एमालेले ११६ र माओवादी केन्द्रले ९ मत पाएका छन्।

सोताङमा कूल ३६३७ मत खसेको थियो भने वडा नम्बर १ मा ६८२ मत खसेको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.