दिपायल सिलगढी नगरपालिकामा १०० मत गन्दा कांग्रेसको फराकिलो अग्रता

दिपायल सिलगढी नगरपालिकामा १०० मत गन्दा कांग्रेसको फराकिलो अग्रता


डोटीको दिपायल सिलगढी नगरपालिकामा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ।

नगरपालिकाको वडा नम्बर १ को १०० मत गनिसक्दा कांग्रेसले मेयरमा ५८ मत र उपमेयरमा ४१ मत पाएको मुख्य निर्वाचन अधिकृत नरनारायण पौडेलले सेतोपाटीलाई जानकारी दिए।

पौडेलका अनुसार एमालेले मेयरमा १४ र उपमेयरमा ३६ मत पाएको छ। तेस्रो स्थानमा रहेको माओवादीले मेयरमा ११ र उपमेयरमा २ मत पाएको छ।

दिपायलमा कूल १०४३० मत खसेको थियो।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.