पाँचथरको तुम्बेवा गाउँपालिकामा कांग्रेस-राप्रपा गठबन्धन अगाडि

पाँचथरको तुम्बेवा गाउँपालिकामा कांग्रेस-राप्रपा गठबन्धन अगाडि


पाँचथरको तुम्बेवा गाउँपालिकामा राप्रपासँग गठबन्धन गरेको नेपाली कांग्रेसले अग्रता लिएको छ।

हालसम्म १५४ मत गणना हुँदा अध्यक्ष पदमा नेपाली कांग्रेसले ६४ मत पाएको छ भने एमालेसँग गठबन्धन गरेको माओवादी केन्द्रले ४२ मत पाएको निर्वाचन अधिकृत गणेश तिमिल्सीनाले सेतोपाटीलाई जानकारी दिए।

त्यस्तै उपाध्यक्षमा माओवादी-एमाले गठबन्धनले ४६  मत पाएको छ भने कांग्रेस-राप्रपा गठबन्धनले ४१ मत पाएको तिमिल्सीनाले बताए। हाल वडा नम्बर १ को मतगणना भइरहेको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.