नवलपरासीको प्रतापपुर-१ ‍मा कांग्रेसको प्यानलै विजयी

नवलपरासीको प्रतापपुर-१ ‍मा कांग्रेसको प्यानलै विजयी


नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ।

अध्यक्ष पदमा कांग्रेसका उमेद्वार मानबहादुर चौधरीले जितेका छन्। उनले ५ सय ६१ मत ल्याएर वडा अध्यक्ष जितेको निर्वाचन अधिकृत माधव ढुंगानाले सेतोपाटीलाई जानकारी दिए।

महिला सदस्य कल्पना चौधरीले ५ सय ८७, दलित महिला सदस्यमा आशादेवी विसादले ५ सय ४४ मत ल्याएर जित हात पारे। खुलातर्फको वडा सदस्यमा कांग्रेसकै  जीवनाथ चौधरीले ५ सय ३६ र पृथ्वी कुमार थारुले ५ सय ४३ ल्याएका छन्।

वडा अध्यक्षमा एमाले उमेद्वार गोमन प्रसाद थारुले ३ सय २६ मत ल्याएर दोस्रो भए। वडामा दोस्रो स्थान एमालेकै छ।

यो वडामा गाउँपालिका अध्यक्ष पनि कांग्रेसकै उमेद्वारको बढी भएको निर्वाचन अधिकृत ढुंगानाले बताए।

यो वडाका ८ सय मत गन्दा नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष उमेद्वारले २ सय १२ मत ल्याएर कांग्रेस उमेद्वारलाई पच्छ्याइरहेका थिए। लोकतान्त्रिकले उपाध्यक्षमा १ सय ६३ मत पाएको छ।

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.