संखुवासभाको खाँदबारी नगरपालिकामा एमालेको सुरुआती अग्रता

संखुवासभाको खाँदबारी नगरपालिकामा एमालेको सुरुआती अग्रता


संखुवासभाको खाँदबारी नगरपालिकामा नेकपा एमालेले सुरुआती अग्रता लिएको छ।

नगरपालिकाको वडा नम्बर १० को ३२३ मत गनिसक्दा मेयरमा एमालेका उम्मेदवारले १५९ मत ल्याएका छन् भने १२६ मत ल्याएर कांग्रेस उम्मेदवार दोस्रो स्थानमा छन्।

माओवादी केन्द्रले १२ मत पाएको खाँदबारी नपाका मुख्य निर्वाचन अधिकृत देबेन्द्र पौडेलले सेतोपाटीलाई जानकारी दिए।

निर्वाचन अधिकृत पौडेलका अनुसार उपमेयरमा एमालेका उम्मेदवारले १४९ मत ल्याएका छन् भने १३७ मत ल्याएर कांग्रेस उम्मेदवार दोस्रो स्थानमा छन्। माओवादी केन्द्रले ११ मत पाएको छ । मतगणना जारी छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.