रुपन्देहीको सम्मरीमाई गाउँपालिकाको प्रारम्भिक मतपरिणाममा कांग्रेस अगाडि

रुपन्देहीको सम्मरीमाई गाउँपालिकाको प्रारम्भिक मतपरिणाममा कांग्रेस अगाडि


प्रदेश नम्बर पाँचमा पर्ने रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा अहिलेसम्म एक सय मत गनेर सकिएको छ।

एकसय मत गन्दा कांग्रेसका गाउँपालिका प्रमुख उमेद्वार विनोद श्रीवास्तवले ४२ मत ल्याएका छन् भने उपप्रमुखकी उमेद्वार प्रियङ्का कुमारी शाहीले ४३ मत ल्याएको निर्वाचन अधिकृत कमलराज पन्थीले बताएका छन्।

प्रारम्भीक मतपरिणाममा संघीय समाजवादी फोरम दोस्रो भएको छ। समाजवादी फोरमका तर्फबाट प्रमुखका उमेद्वार कमलापति यादवले २७ मत ल्याएका छन् भने उपप्रमुखकी उमेद्वार सहिदा खातुनले पनि २७ मत ल्याएकी छन्।

उक्त गाउँपालिकामा १८ हजार १ सय ६७ मतदाता थिए। तर १३ हजार ९ सय ८७ मत मात्र खसेका थिए।

प्रदेश पाँचका सिद्धार्थ नगरपालिकामा पनि आजै राती १२ बजे देखि मतगणना सुरु हुने छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.