सोलखुम्बुको सोताङमा कांग्रेसको सुरूआती अग्रता

सोलखुम्बुको सोताङमा कांग्रेसको सुरूआती अग्रता


सोलखुम्बुको सोताङ गाउँपालिकामा हालसम्म १०० मतगणना भएको छ। वडा नम्बर १ बाट मतगणना सुरू गरिएको र प्रारम्भिक गणनाअनुसार अध्यक्ष पदमा नेपाली कांग्रेसको अग्रता रहेको सोताङका निर्वाचन अधिकृत हिमलाल भण्डारीले सेतोपाटीलाई जानकारी दिए।

गणना भएका १०० मतमा अध्यक्ष पदका लागि नेपाली कांग्रेसले ४५, एमालेले ३२, माओवादी केन्द्रले ३ र स्वतन्त्रले ७ मत पाएका छन्।

त्यस्तै उपाध्यक्ष पदमा भने एमालेको अग्रता रहेको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए। एमालेले ४६, नेपाली कांग्रेसले ३८ र माओवादी केन्द्रले २ मत पाएका छन्।

सोताङमा कूल ३६३७ मत खसेको थियो भने वडा नम्बर १ मा ६८२ मत खसेको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.