दिपायल सिलगढी नगरपालिकामा अहिले साढे ११ बजेबाट मतगणना सुरु

दिपायल सिलगढी नगरपालिकामा अहिले साढे ११ बजेबाट मतगणना सुरु


डोटीको दिपायल सिलगढी नगरपालिकामा अहिले साढे ११ बजेबाट मतगणना सुरु हुने भएको छ।

मतगणनाबारे बसेको वैठकले अहिले साढे ११ बजेबाट मतगणना सुरू गर्ने निर्णय गरेको दिपायलका मुख्य निर्वाचन अधिकृत नरनारायण पौडेलले सेतोपाटीलाई जानकारी दिए।

उनका अनुसार दिपायलमा ७१.६४ प्रतिशत मत खसेको छ। दिपायलमा ११५ स्थलका १५५ मतदान केन्द्रबाट ७२ हजार ३ सय ८१ मत खसेको उनले जानकारी दिए। यहाँ कूल १ लाख १ हजार १ सय २१ मतदाता थिए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.