प्रदेश पाँचको सम्मरीमाई गाउँपालिकामा मतगणना सुरु

प्रदेश पाँचको सम्मरीमाई गाउँपालिकामा मतगणना सुरु


प्रदेश नम्बर पाँचमा पर्ने सम्मरीमाई गाउँपालिकामा मतगणना सुरु भएको छ। निर्वाचन अधिकृत कमलराज पन्थीले जनाए अनुसार रातको ११ बजेबाट मतगणना सुरु भएको हो।

उक्त गाउँपालिकामा १८ हजार १ सय ६७ मतदाता थिए। तर १३ हजार ९ सय ८७ मत मात्र खसेको मतदान अधिकृत पन्थीले सेतोपाटीलाई जानकारी दिए।

प्रदेश पाँचका सिद्धार्थ नगरपालिकामा पनि आजै राती १२ बजे देखि मतगणना सुरु हुने छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.