विराटनगर महानगरको मतगणनास्थलमा सिसिटिभी राखिने

विराटनगर महानगरको मतगणनास्थलमा सिसिटिभी राखिने


विराटनगर महानगरपालिकाको मतगणना बिहीबार बिहानदेखि सुरु हुने भएको छ। स्थानीय आदर्श माध्यामिक विद्यालय मतगणना हुने भएको छ। मुख्य निर्वाचन अधिकृत विनोद कुमार पोखरेलका अनुसार विद्यालयका पाँच वटा स्थानबाट मत गणना सुरु गरिनेछ।

हरेक मतगणना स्थलमा सिसिटिभी जडान गरिएको पोखरेल जानकारी दिए। ‘हामीले कुनै नराम्रो घटना नहोस् भनेर सबै ठाउँमा सिसिटिभी राखेका हौं’, पोखरेलले भने।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.