बुटवल उपमहानगरका सबै वडामा बल्ल मतदान सकियो, मतगणना आजै हुने नहुने अन्यौल

बुटवल उपमहानगरका सबै वडामा बल्ल मतदान सकियो, मतगणना आजै हुने नहुने अन्यौल


बुटवल उपमहानगरपालिका बल्ल मतदात सकिएको छ।

बिहान पानी परेर अवरोध भएको १३ नम्बर वडामा ढिलो मतदान सुरु भएको थियो।

१३ नम्बरको मतदान सकिएपछि बुटवल नगरमा  ६६ हजार ६सय ७४ मतदाता रहेकोमा ४९ हजार ९ सय १ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। यो जम्मा मतको ७४ दशमलव ८४ प्रतिशत हुन्छ।

बुटवलमा मतगणना हुने नहुने निर्णय गर्न सर्वदलिय बैठक अझै बसेको छैन। यसअघि प्रमुख जिल्ला निर्वाचन अधिकृतले राति ११ बजेदेखि बुटवल नगरको मतगणना सुरु हुने बताएका थिए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.